सरसफाई दुतका रुपमा सुन्तली र धुर्मुस मोरङ आउने

<span class='c1'>सरसफाई दुतका रुपमा सुन्तली</span> <span class='c2'>र धुर्मुस मोरङ आउने</span>

बिनु तिम्सिना
बिराटनगर पौस १२
आगमी १५ र १६ गते मोरङमा हुने सरसफाई अभियान भब्यताका साथ सफल बनाउन मोरङमा ब्यापक तयारी शुरु गरीएको छ ।
आज स्थानिय विकास मन्त्रालयका सहसचिव तथा सरसफाई अभियान पूर्वाञ्चल संयोजक धनबहादुर श्रेष्ठले अभियान सफल बनाउन राजमार्गले छोएका नगरपालिकाका प्रमुख, गाविस सचिब तथा अन्य सरोकारवालाहरुलाई ब्यापक जनसहभागिता जुटाई अभियान सफल बनाउन आग्रह गर्नुभयो ।

गत पुस ९ गतेबाट स्थानिय विकास मन्त्रालयको आयोजना तथा सम्बन्धीत जिल्लाहरुको संयोजनमा नवरपरासिको कावासोतीबाट राजमार्ग केन्द्रीत अभियान शुरु गरेसंगै मोरङमा पनि १५ र १६ गते कार्यक्रम गर्न लागिएको हो । कावासोतीबाट शुरु गरेर पूर्व तथा पश्चिममा एकै पटक अभियान संचालन भइरहेको छ । अभियाननका जिल्ला संयोजक रहनुभएका मन्त्रालयका उपसचिव विष्णु शर्माले सरसफाई गरेर संकलन भएको फोहोरलाई निश्चिीत स्थानमा ब्यवस्थापन गर्न समेत आग्रह गर्नुभयो । उहाले अभियानमा सरसफाई दुतका रुपमा कलाकारहरु सुन्तली र धुर्मुसे आउने जानकारी दिनुभयो । मोरङमा सुन्दरदुलारी नगरपालिकाबाट शुरु भएको अभियान उर्लावारी सम्मका राजमार्गमा पर्ने पाच वटा नगरपालिका संगै अन्य गाविसमा संचालन हुने छ । कार्यक्रममा विभिन्न सरकारी कार्यलयका प्रमुखहरु , गाविस सचिवहरु, सरसरफाइमा काम गर्ने संघसंस्था लगायत अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्