रंगेलीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

<span class='c1'>रंगेलीमा मोटरसाइकल दुर्घटना,</span> <span class='c2'>एक युवकको मृत्यु</span>

मोरङ, पौष १२ गते ।

मोरङ जिल्लाको रंगेलीमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा घाइते एक युवकको उपचारकाक्रममा मृत्यु भएको छ।

को. ५ प ७७५३ र को. १२ प ६०६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर गम्भिर घाइते भएका मोरङ दर्वेशा ९ बस्ने २५ वर्षिय मनोज कटुवालको आज बिहान उपचारकाक्रममा मृत्यु भएको हो।

दुबै मोटरसाइकल शनिबार सांझ ६ बजेतिर रंगेली नगरपालिका ५ स्थित रंगेली-बिराटनगर सडक खण्डमा एक आपसमा ठोक्किएको थियो।

को. १२ प ६०६ नम्बरको मोटरसाइकल पछाडी सवार कटुवाललाई उपचारकालागि न्युरो अस्पताल बिराटनगर ल्याइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्