बिराटनगर, पुस १४ । बिराटनगर–४ स्थित आयल निगम अगाडी पार्किङमा राखेको ना २ ख ५०२९ नम्बरको डिजल बोकेको गाडीलाई नियन्त्रणमा लिई अज्ञात समूहले सिल तोडेर डिजल लुटपाट गरेका छन् ।
मंगलबार बिहान तीन जनाको समूहमा आएका ब्यक्तिले सहचालकलाई नियन्त्रणमा लिई १ सय भन्दा वढी डिजल लुटेका हुन् ।
सोहीपरिणामका लैजान तयारी अबस्थामा राखिएको डिजल भने प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले लुटपाटमा संलग्न भएको आशंकमा एक जनालाई प्रक्राउ पनि गरेको छ ।
-Image Khabar