आज तमु ल्होछार

<span class='c1'>आज तमु</span> <span class='c2'>ल्होछार</span>

काठमाडौं, पुस १५ । गुरुङ समुदायको महान पर्व तमु ल्होछार आज विभिन्न कार्यक्रम गरि मनाईंदै छ । गुरुङ समुदायको बसोबास भएका स्थानहरुमा यो पर्व मनाउने गरिन्छ ।

नयाँ वर्षका रुपमा ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्दछन् ।

गुरुङ जातिले पुस १५ गते तमु ल्होछारका रुपमा, तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारका रुपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होछार मनाउने परम्परा छ ।

‘ल्हो’ भन्नाले ‘वर्ष’ तथा ‘छार’ भन्नाले ‘नयाँ’ भन्ने बुझिन्छ । हरेक वर्ष ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ ।

सरकारले यो पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वका रुपमा मान्यता दिई सार्वजनिक बिदासमेत दिने गरेको छ ।यसैबीच तमु ल्होछारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् ।

उनीहरुले दिएको शुभकामना सन्देशमा सबै नेपालीबीच आपसी एकता, सद्भाव, सहिष्णुता कायम भई सबैको साझा प्रयासबाट समृद्ध मुलुकको रचना गर्न सकियोस् भन्ने कामना गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्