प्रेम देवान
विराटनगर १५ पौष
सयपत्रि महिला सेवा केन्द्र र युनिक मिडिया विराटनगरले बुधबार एक कार्यक्रमका बीच जेष्ठ नागरिक र असहाय बालबालिकालाई सम्मान गरेको छ । युनिक मिडियाको निर्माण र सयपत्रि महिला सेवा केन्द्रको प्रस्तुति रहेको छोटो नेपाली चलचित्र पागलपनको च्यारिटी सोको उठेको रकमबाट महिला जागृति तथा वृद्ध आश्रम र सिर्जना बालविकासका जेष्ठ नागरिक र असहाय बालबालिकालाई खाद्यान्न, लत्ताकपडा, कम्मल, स्टेशनरी सामग्री तथा फलफूल र मिठाई वितरण गरिएको युनिक मिडिया तथा पागलपनका निर्देशक भोजराज घिमिरेले बताउनुभयो । प्रमुख अतिथि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी देवीबहादुर भण्डारीले उक्त सामग्री हस्तान्तरण
गर्नुभएको थियो । सयपत्री महिला सेवा केन्द्रकी अध्यक्ष मञ्जु चापागार्इंको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि पूर्व मेयर तथा मकालु रेडियोका कार्यकारी अध्यक्ष प्रहलाद शाह रहनु भएको थियो । सो कार्यक्रममा जिल्ला विकास समिति मोरङका कार्यक्रम अधिकृत लक्ष्मी धिमाल, चलचित्र पागलपनका निर्देशक भोजराज घिमिरे, महिला जागृति तथा वृद्धाश्रमका अध्यक्ष भुवनेश्वरी आचार्य, सिर्जना बालिविकास केन्द्रका शिक्षिका सिता निरौला, पागलपन चलिचित्रका नायक गोकुल कट्टेलको आतिथ्यता रहेको थियो । सो कार्यक्रममा चलचित्रका कलाकारहरु प्रेम देवान, मालती आचार्य, अनुज सापकोटा, सुरेन्द्र तबदार, लगायत सञ्चारकर्मी नविन कर्ण, अभिजाल विष्ट, मिना शाह, सुशिला पाठकको उपस्थिति रहेको थियो । प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी देवीबहादुर भण्डारीले पागलपन युनिटले पागलपनको च्यारिटी सो गरेर जेष्ठ नागरिक र असहाय बालबालिकालाई सम्मानका साथ सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । सो चलचित्र सामाजिक कथामा आधारित परीवारीक स्नेह, साथित्व लगायत प्रेम सम्बन्धलाई प्रस्टाउन खोजिएको छ । साथै यस चलचित्रका निर्देशक भोजराज घिमीरेका अनुसार आगामी पार्सल (रेमिटेन्स ) नामक चलचित्र पनि ल्याउने तयारी रहेको जानकारी दिनुभयो । पागलपन फिल्मीको च्यारेटि सो गत पुष ७ गते विराटनगरको हिमालय हलमा प्रस्तुति गरेको थियो ।