” अवसर खोज्नुहोस , सफल भइन्छ ” – रोशन थापा

<span class='c1'>” अवसर खोज्नुहोस , सफल</span> <span class='c2'>भइन्छ ” – रोशन थापा</span>

 बिराटनगर पुस  १७ , 
बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने “लास्ट थर्सडे”  कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर स्थित रत्ना होटल , सस्थाम कलेज तथा धनकुटाको हिलेमा रहेको होराइजन माउन्टेन रिसोर्टका  संचालक रोशन थापालेले ६० बढि बिराटनगरका युवाहरुलाई आफ्नो बिजनेसकोबारे र उघ्यमशिलताको बारे बताएका थिए । आफुले होटल संचालन गर्दाका अनुभव उनलेे युवाहरुलाई सुनाएका थिए । अाफुले अस्ट्रेलियामा होटेल म्यानेजमेन्ट पढ्न गएपछि होटल क्षेत्रमा रुचि लागेको उनले बताए । उनले युवाहरुलाई नेपाल भित्रै अवसर खोज्न पनि सुझाएका थिए ।  काठमाडौंबाट बिराटनगर होटेल खोल्न आउदा धेरैले गलत निर्णय लिएको भने पनि आफुले बिराटनगरमा धेरै अवसर देखेर आएको बताए । " भारत राजिस्थानबाट यहाँ बिजनेस गर्न मान्छे आउदा हुने , मैले काठमान्डौबाट आउनु नहुने ? " थापाले थपे । उनको सेसन युवाहरुले निकै उत्सुकता पुर्वक सुनेका थिए र उनलाई  उघ्यमशिलताको बारे प्रश्न समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्