आन्दोलनमा घाइते भएका बिराटनगरका युवा कपिलको आर्थिक अभावमा उपचार हुन सकेन

<span class='c1'>आन्दोलनमा घाइते भएका बिराटनगरका युवा कपिलको</span> <span class='c2'>आर्थिक अभावमा उपचार हुन सकेन</span>

बिनु तिम्सिना

बिराटनगर पुस १७

मधेशी मोर्चाको प्रदर्शन चलिरहेकै बेला मोर्चाका कार्यकर्ताद्वारा हानिएको ढुङ्गाबाट घाइते भएका विराटनगर– ५ पिपलचौकका कपिल कट्वालको अवस्था गम्भीर छ । टाउकोमा गम्भीर चोट लागेको कपिलको विराटनगरको अस्पतालमा उपचार हुन नसकेपछि उनलाइ उपचारका लागि धरान पठाइएको छ । तर आर्थिक अभावमा उनको अझै उपचार हुन सकेको छैन ।

गत १५ गते बुधबार महाबिर चौकमा प्रदर्शन र सभा गरिरहेको मधेशी मोर्चाका कार्यकर्ताले गाडिमा सवार १४ वर्षिय बालक कपिल कट्वाललाइ ढुङ्गा हानेका थिए । प्रदर्शनकारीको ढुङ्गाबाट टाउकोमा गम्भीर चोट लागेका कपिललाइ उनका परिवारले तत्काल कोशी अञ्चल अस्पतालमा भर्ना गराए । तर त्यहा उपचार हुन नसकेपछि उनलाइ विराटनगर स्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । तर नाबेलले बपिलको अवस्था गम्भीर रहेको र अपरेशन गर्नु पर्ने भन्दै यहा उपचार नहुने भएकाले धरान स्थित विपिमा लैजान सुझाव दियो । डाक्टरहरुले छोराको टाउकोमा लागेको चोट गम्भीर प्रकृतिको भचएकाले तत्काल अपरेसन गरिहाल्न सुझाव दिएपनि आफुहरुसंग खर्च नभएको उनकी आमा भिमा कट्वालले गुनासो गर्नुभयो ।

आफुहरुसंग अपरेसन गर्ने खर्च नभएको भन्दै उनका परिवारले जिल्ला प्रशासन कार्यालयसंग सहयोग माग गरेको छ । सरकारले आन्दोलनकारी घाचइते हुदा उपचार गरिरहेको तर आफ्नो निर्दाेस छोरालाइ बेवास्ता गर्न ननिमल्ने उनिहरुको भनाइ छ ।

यता निमित्त प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बालक कपिल प्रदर्शनकारीहरुको ढुङ्गा प्रहारबाट घाइते भएको आफूहरुलाइ जानकारी भएपनि सरकारले कोषको स्थापना नगरेकाले समस्या भइरहेको बताउनुभयो ।

यद्यपी आफुहरुले धरानस्थित विपि क्याम्पमा बालकको उपाचारका निम्ति सिफारीस गरिदिने उहाले जानकारी दिनुभयो । सरकारले पटकपटक घाइतेहरुको निःशुल्क उपचार गरिने भनेर घोषणहरु गरिरहेको भएपनि निर्दाेस सर्वसाधारणका लागि भने कुनै व्यवस्था गरेको छैन । आन्दोलनका क्रममा निर्दाेस र आन्दोलनमा सहभागि नै नभएका मानिसहरु घाइते भएमा के गर्ने भनेर सरकारले कुनै ठोस कदम चाल्न नसक्दा अन्योलता छाएको सुरक्षा निकायले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्