नेपाली पहिचान जोगाउन आज टोपी दिवस मनाइयो

<span class='c1'>नेपाली पहिचान जोगाउन आज</span> <span class='c2'>टोपी दिवस मनाइयो</span>

 

काठमाडौँ, १७ पुस ।

पश्चिमा संस्कृतिको प्रभावमा युवा पुस्ताले अङ्ग्रेजी नयाँ वर्षलाई भव्य रुपमा मनाइरहँदा तिनै युवा पुस्तालाई नेपाली पहिचान र संस्कृतिबारे सचेतना जगाउन अभियानै सुरु गरिएको छ । राष्ट्रियताप्रति चासो राख्ने केही समूहले विगत चार वर्षदेखि राष्ट्रिय टोपी दिवस मनाउँदै आएका छन् । ‘नेपाली बनौँ, नेपालीपनमै रमाऔँ’ भन्ने मूलनाराका साथ आज वसन्तपुरमा ‘राष्ट्रिय टोपी दिवस’ मनाइएको हो । अङ्ग्रेजी नयाँ वर्षलाई नेपालीले उत्सवका रुपमा मनाइरहँदा ‘हाम्रो राष्ट्रिय पहिचान टोपीलाई नभुलौँ’ भन्ने कुराको सचेतनास्वरुप कार्यक्रम आयोजना गरिएको आयोजक तेजेन्द्र श्रेष्ठले बताउनुभयो । कुनै औपचारिक तडकभडकका रुपमा नभई सामान्य तुल राखेर टोपी लगाएको तस्बिर खिचेर दिवस मनाइएको छ । कार्यक्रममा उपस्थित सर्वसाधारणले टोपी लगाएर तस्बिर खिचाएका थिए । पश्चिमा संस्कृतिले पेल्दै गइरहेको सन्दर्भमा ‘आफ्नोपनप्रति गर्व गरौँ, नेपाली उत्पादनको प्रवद्र्धन गरौँ’ भन्ने युवामा सन्देश प्रवाह गर्ने उद्देश्यले टोपी दिवस मनाइएको फोटो पत्रकार जनार्दन अर्यालले बताउनुभयो । केही व्यावसायिक फोटो पत्रकारहरुले वसन्तपुरमा जम्मा भएर हरेक अङ्गे्रजी नयाँ वर्षका दिन टोपी दिवस मनाउँदै आएका छन् । राष्ट्रिय पोसाकका साथमा टोपी लगाएर तस्बिर खिच्ने तथा साथीभाइ जम्मा भएर चियापान गर्ने गरिन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्