बिराटनगरमा भुकम्प पिडितलाई न्यानो कपडा संकलन अभियान शुरु

बिराटनगरमा भुकम्प पिडितलाई न्यानो कपडा संकलन अभियान शुरु

बिराटनगर पुस १८ ,

विभिन्न संचार माध्यममा भुकम्प पिडितहरु जाडोमा पनि कठिनाईको जीवन भोग्नुपरेको समाचार आई रहदा बिराटनगरका युवाहरुले उनिहरुलाई न्यानो कपडा संकलन अभियान शुरु गरेकाछन। बिराटनगरका बिभिन्न  संघसंस्थामा आबद्ध युवाहरुले यस अभियान शुरु गरेका हुन । "लेट्स किप देम वार्म " नाम दिईएको यस अभियानमा भुकम्प पिडितहरुलाई कम्बल , ज्याकेट , सिरक लगायतका जाडोका लुगा संकलन गरेर भुकम्प प्रभावित ठाउँमा पुर्याईने अभियानका युवा सर्वज्ञराज पाण्डेले बताए । विभिन्न कलेज , स्कुल , कार्यालय तथा टोल-टोलमा गई कपडा संकलन गरिने पाण्डेले जानकारी दिए ।

यदि तपाईं पनि अभियानमा सामेल हुन चहानुहुन्छ भने ९८४१०३८६५२  (सर्वज्ञराज पाण्डे) ९८४२०४२७४५ (बिबेक दाहाल) , ९८५२०३२९८० (सरोज कार्की) लाई सम्पर्क गर्न सक्नुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्