“आइतबारसम्म मोर्चासँग सहमति हुन्छ”- प्रचण्ड

<span class='c1'>“आइतबारसम्म मोर्चासँग सहमति</span> <span class='c2'>हुन्छ”- प्रचण्ड</span>

विराटनगर, पुस १८ - एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने कुरा आइतबार टुङ्गीने बताउनु भएको छ ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरागर्दै उहाँले सरकारमा बसिरहेर जनताको आवश्यकता र चाहना अनुसारको काम नगरी सरकारमा बसिरहनु उचित नहुने बताउनु भएको हो ।

सरकारको काम कार्वाहीको बारेमा हामीले आन्तरिक छलफल गरेपछि मात्र कुन कुन मन्त्री फिर्ता गर्ने सरकारमा बस्ने नबस्ने भन्ने बिषयले प्रवेश पाउने प्रचण्डको तर्क छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्ण महादुर महरासहित विराटनगर आउनु भएका अध्यक्ष प्रचण्डले शनिबार या आइतबार सम्ममा सहमतीमा गुग्न सकिने बताउनुभयो ।

आइतबारसम्म मोर्चासँग सहमति  

रामचन्द्र पौडेल महन्थ ठाकुर र आफू बसेर पटक पटक छलफल भइरहेकोले आइतबार सदन चल्ने बेलासम्म एक किसिमको सहमति गर्ने कुरा भएको प्रचण्डले खुलासा गर्नुभयो ।

‘मोर्चासँग लगातार कुरा भइरहेको छ’ उहाँले भन्नुभयो, ‘एमाओवादीबाट कुनै समस्या छैन । निर्वाचन क्षेत्र, समानुपातिक सहभागिता, नागरिकताको बिषय सबैमा हामी सहमती गर्न तयार छौँ ।’

एमाले, कांग्रेस, माओवादीमा एकै खालको समझदारी बन्दै जान थालेको बताउँदै प्रचण्डले भन्नुभयो, ‘समानुपातिको क्लस्टर मिलाउने बिषयमा सहमती बन्दै गएकोले मधेसी मोर्चाले पनि केही न केही लचकता हुनुपर्छ ।’ मधेसी मोर्चाले पनि सहमती बन्दै गएको अबस्थामा नयाँ नयाँ माग थप्नु नहुने उहाँको भनाई छ । ‘हामी आफ्ना ठाँउबाट समस्या सुल्झाउन जोडले लागेका छौँ’ प्रचण्डले भन्नुभयो ।

नागरिकता, सिमाङकन हेरफेरको लागि समिति बनाउने लगायतका अन्य मागका बारेमा पनि कुरा भइसकेको अबस्थामा उधारो सहमती नहुने भएकोले मधेसवादी दलहरु यस बिषयमा गम्भीर रहेको प्रचण्डको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्