अबको वार्ता निर्णायक हुने – सञ्चारमन्त्री शेरधन राई

<span class='c1'>अबको वार्ता निर्णायक हुने</span> <span class='c2'>– सञ्चारमन्त्री शेरधन राई</span>

बिराटनगर पुस १९ ,

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अबको वार्ता निर्णायक हुने बताउनु भएको छ । आइतबार बिहान बिराटनगरमा पत्रकारसँग कुरा गर्दै उहाँले सरकार र मोर्चा दुवै पक्ष लचक रहेकोले अब हुने वार्ता निर्णायक हुने बताउनुभएको हो ।‘हामी सहमतिको लागि मोर्चासँगको वार्तालाई सार्थक बनाउन लागेका छौं’ मन्त्री राईले भन्नुभयो, ‘यदि मोर्चाले बेवास्ता गर्यो भने मोर्चा वार्ता र समस्याको निकास हैन, अरु नै कुरा खोजीरहेको भन्ने बुझिन्छ ।’उहाँले सरकारले एकरदुई दिन भित्र निर्णायक वार्ताको मिति तय गरेर सहमति खोज्ने बताउनुभयो । अब हुने वार्ताले देशलाई निकास दिनेमा सबै आशावादी रहेकोले वार्ताको माध्यामवाट नै समाधान खोजिने उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्