विराटनगर
भूकम्प प्रभावितहरुको सहयोगका निम्ती विराटनगरका युवाहरुले अभियान चलाएका छ्न । जाडोले भूकम्प पडितिहरु सकसपूर्ण रुपमा जिवन गुजारा गरेपनि सरकारले चासो नदिएको भन्दै विराटनगरका युवाहरुले भूकम्प पडितकालागि न्यानो कपडा र ओडने ओछयाउने संकलन अभियान सुरु गरेका हुन् ।
विराटनगरका युवाहरुले शनिवार देखी न्यायो कपडा संकलन अभियान सुरु गरिएको विभेक दाहालले जानकारी दिए । न्यानो कपडा संकल अभियान एक सता सम्म सञ्चलन गर्ने उनले बताए ।
विराटनगरका टोल टोलमा गएर न्यानो कपडा संकलन गरी गत बैसाखमा गएको विनासकारी भूकम्पबाट पिडित भएकाहरुको सहयोगकालागि प्रभावित क्षेत्रमा पठाइने दाहालले जानकारी दिए ।