बिराटनगरमा भारतीय लहरीको ठक्करबाट दुई जनाको मृत्यु

<span class='c1'>बिराटनगरमा भारतीय लहरीको ठक्करबाट</span> <span class='c2'>दुई जनाको मृत्यु</span>

मोरङ, पौष १९ गते ।

मोरङ जिल्लाको बिराटनगरमा भारतीय लहरीको ठक्करबाट आईतबार अपरान्ह दुई जनाको मृत्यु भएको छ।

बिराटनगर ४ स्थित कोशी राजमार्गमा इटहरीबाट बिराटनगर आउदै गरेको NL-01-D-3330 नम्बरको लहरीले को. १० प ९६५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकलकाल चालक मोरङ बिराटनगर १७ का ६० वर्षिय पवन यादव र पछाडी सवार सप्तरी मल्हनिया बस्ने ६५ वर्षका सरजु यादव छन्। मोटरसाइकल चालक यादवको घटनास्थलमै मृत्यु भएको थियो भने पछाडी बसेका यादवलाई उपचारकालागि लैजनेक्रममा मृत्यु भएको हो।

लहरी जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा छ भने चालक फरार रहेकाले खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्