बिराटनगरबाट तस्करी हुन लागेको ईन्धन नियन्त्रणमा

बिराटनगरबाट तस्करी हुन लागेको ईन्धन नियन्त्रणमा

विराटनगर, पुस २० - जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर नाका भएर अन्यत्र तस्करी भएर जाने ईन्धन नियन्त्रणमा लिएको छ ।

बिराटनगर नाका भएर रातारात तस्करीको माध्यमबाट ईन्धन काठमाडौंसम्म अबैध रुपमा जान थालेपछि तस्करी तथा कालोबजारी रोक्न सक्रिय भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीले सोमबारदेखि सुरु गरेको अभियानको क्रममा पहिलो दिनमा नै बिराटनगरबाट अन्यत्र लैजान लागिएको १ सय ३१ वटा सिलिण्डर ग्यार बरामद गरेको जनाएको छ ।

ग्यासका सिलिण्डर बस, भ्यान, ट्रकहरुमा लोड गरेर लैजान लागेको जानकारी आएपछि ती सिलिण्डर बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक प्रमोद खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले बिराटनगरका बिभिन्न स्थानबाट ९ सय ५० लिटर डिजेल, ३ सय ४० लिटर पेटोल समेत बरामद गरेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार एकजनाले एक पटकमा ४० वटासम्म ग्यास सिलिण्डर काठमाडौं लैजान खोजेको भेटिएको छ । प्रहरी नायव उपरिक्षक खरेलले भन्नुभयो ‘ग्यास र तेल तस्करीलाई कारवाही अघि बढ्दै छ, आज हामीले नियन्त्रणमा लिएका माल समान सिज गर्छौ ।’

पहिलो दिन सोमबार सामान मात्र नियन्त्रणमा लिएको प्रहरीले मंगलबारदेखि भने सामान बोक्ने व्यत्तिलाई समेत पक्रेर कारवाही थाल्ने चेतावनी दिएको छ । प्रहरीले नियन्त्रणमा लिएको ग्यास, डिजेल र पेट्रोल भन्सार कार्यालय रानीमा बुझाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्