जोगवनी नाकाबाट सहजरुपमा कन्टेनर नेपाल आउन थाल्यो

<span class='c1'>जोगवनी नाकाबाट सहजरुपमा कन्टेनर</span> <span class='c2'>नेपाल आउन थाल्यो</span>

बिराटनगर पुस २२

भारतले तेस्रो देशबाट आउने कन्टेनरलाई जोगवनी नाकाबाट सहजरुपमा आउन दिन थालेको छ । विराटनगरको रानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतका अनुसार अहिले दैनिक ३५ वटासम्म कन्टनेर आउन थालेका छन् । तीन दिनअघि सम्म यो नाका भएर तेस्रो देशका मुस्किलले १२ वटासम्म मात्र कन्टेनर आइरहेका थिए । जोगवनीदेखि पर पाँच किलोमिटरसम्म बङ्गलादेशबाट आएका कन्टेनरको लाइन रहेको थियो । चार दिनअघि उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घको प्रतिनिधिमण्डलले नेपालतर्फका भन्सार अधिकृतसमेतको उपस्थितिमा भारतीय भन्सार, प्रशासन र सुरक्षाकर्मीका प्रतिनिधिसँग भेटी आग्रहपछि भारतले तेस्रो देशबाट आउने कन्टेनरलाई जोगवनी नाकाबाट सहजरुपमा आउन दिन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्