मोरङमा मंगलबार छुट्टा छुट्टै सवारी दुर्घटनामा परी पाँच घाइते

<span class='c1'>मोरङमा मंगलबार छुट्टा छुट्टै सवारी</span> <span class='c2'>दुर्घटनामा परी पाँच घाइते</span>

बिराटनगर पुस २२
मोरङ जिल्लाको वयरबन, हरैचा र उर्लाबारीमा मंगलबार छुट्टा छुट्टै सवारी दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। वयरबन गाविस ९ स्थित सडक खण्डमा मे. १ ज ९६८ नम्बरको मारुती भ्यान दुर्घटनामा परी भ्यानका चालक मोरङ पथरी(शनिश्चरे १ का रविन्द्र अधिकारी र भ्यानमा सवार ४० वर्का विष्णु कँडेल गम्भीर घाइते भएका हुन्। दुबै घाइतेहरुको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
त्यसैगरी मंगलबार राती मोरङको कोशी(हरैचा नगरापालिका १ मा को. १२ प ३५९१ नम्बरको मोटरसाइकल दुर्घटनामा दुई जना तथा उर्लाबारीमा मोटरसाइकलले ठक्कर दिएर पैदलयात्री गम्भीर घाइते भएका हुन्। घाइते हरुमा मोटरसाइकलका चालक कोशी(हरैचा नगरपालिका १ बस्ने ओमप्रकाश पाठक, पछाडी सवार सोही नगरपालिका ४ का सुमन पाठक र पैदलयात्री झापा दकम नगरपालिका १ का मदन तामाङ रहेका छन्।
घाइते चालकलाई न्युरो अस्पताल बिराटनगर ल्याइएको छ भने पैदलयात्रीको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्