प्रहरी जवान आधारभुत तालिम १३२ औ समुहको दिक्षान्त समारोह सम्पन्न

<span class='c1'>प्रहरी जवान आधारभुत तालिम १३२</span> <span class='c2'>औ समुहको दिक्षान्त समारोह सम्पन्न</span>

बिराटनगर, पौष २२ 

पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद जोशीले प्रहरी संगठनको आधार स्तम्भ भनेकै प्रहरी जवानहरु भएकाले उनीहरुले आम नागरिकसंग देखाउने पेशागत दक्षता र ईमान्दारीतासंग संगठनको इज्जत जोडिएको हुने कुरा आज पूर्वक्षेत्रीय प्रहरी तालीम केन्द्र रानीमा आयोजित प्रहरी जवान आधारभुत तालिम १३२ औ समुहको दिक्षान्त समारोहमा बताउनु भएको छ।

१३२ औ समुहको दिक्षान्त समारोहका अवसरमा दिक्षीत भई कार्य क्षेत्रमा खटि जान लागेका प्रहरी जवानहरुलाई निर्देशन दिदै प्रमुख अतिथी जोशीले आम नागरिकको सहयोग बिना प्रहरी सेवा अपूर्ण मात्र नभई असम्भव पनि भएकोले नागरिक सहयोगकालागि प्रहरीको व्यवहार जनमैत्री हुनु पर्ने कुरामा जोड दिनु हुँदै कार्यक्षेत्रमा सदैव सेवाग्राहीमैत्री व्यवहार प्रदर्शन गर्न समेत निर्देशन दिनुभयो।

कार्यक्रममा प्रशिक्षार्थीहरुले प्रमुख अतिथीसमक्ष सलामी अर्पण गर्नुकासाथै दिक्षान्त कवाज प्रदर्शण गरेका थिए भने प्रशिक्षणकाक्रममा परिक्षार्थीहरुसंग लिइएको चरणगत परिक्षाको प्राप्ताङका आधारमा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान प्रमेश्वर यादवसहित विभिन्न ९ बिधामा उत्कृष्ट प्रशिक्षार्थीलगायत तालिममा सहभागी प्रशिक्षकहरुलाई पुरस्कृत गरिएको थियो।

२०७२ साल जेष्ठ १३ गते विधिवत रुपमा उद्घाटन भएको १३२ औ समुहमा सहभागी एक सय महिलासहित कुल ६१३ जना प्रशिक्षार्थीहरुले सात महिनाको आधारभुत तालिम सफलतापूर्वक सम्पन्न गरेका हुन्।
पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र र सशस्त्र प्रहरी गणमा सँयुक्त रुपमा संचालन भएको सो तालिममा ४१६ जनाले "क" तथा १९७ जनाले "ख" श्रेणीमा उत्तीर्ण भएको केन्द्रका तालीम शाखा प्रमुख प्रहरी निरीक्षक रविन बिष्टले कार्यक्रममा जानकारी गराए।

दिक्षान्त समारोहमा केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रमान श्रेष्ठले उपस्थीत सबैलाई धन्यवाद मन्तव्य दिनु भएको थियो भने सह-समादेशक दुर्गाराज रेग्मीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्