चीनबाट पेट्रोलियम पदार्थ ल्याउन नसकिने – मन्त्री थापा

<span class='c1'>चीनबाट पेट्रोलियम पदार्थ ल्याउन</span> <span class='c2'>नसकिने – मन्त्री थापा</span>

बिराटनगर पुस २२

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले भौगोलिक विकटताका कारण चीनबाट पेट्रोलियम पदार्थ ल्याउन नसकिने बताएका छन् ।गृह जिल्ला धनकुटामा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता थापाले चीनबाट पेट्रोलियम पदार्थ ल्याउन ढुवानी खर्चसमेत बढ्ने भएकाले मूल्यमा समेत ठूलो अन्तर पर्ने बताए । उनले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने भनेर सरकारले जनतालाई झूठो आश्वासन दिइरहेको आरोप लगाए । नेता थापाले नेपालमा पेट्रोलियम पदार्थको भण्डारण गर्ने क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्