विराटनगर उपमहानगरपालिकाले चालेका अधिकासं महत्वकाक्षी योजना असफल

विराटनगर उपमहानगरपालिकाले चालेका अधिकासं महत्वकाक्षी योजना असफल

हरि अधिकारी
विराटनगर÷ विराटनगर उपमहानगरपालिकाले चालेका अधिकासं महत्वकाक्षी योजना असफल भएका छन् । सत्तवाषिकोत्व देखी सोलार वत्ती जडान गर्ने सम्मका महत्वकाक्षी योजना असफल भएका हुन् ।
विकाश निर्माणका महत्वपूर्ण योजना ल्याएपनि निरन्तरता पाउन नसक्दा विराटनगर उपमहानगरपालिकाका अधिकासं योजना असफल बन्दै गएका हुन् । उपमहानगरपालिकाले चालेका अधिकासं योजनाहरु असफल हुदा नेपालको पुरानो सहर विराटनगरको सुन्दरता खस्कदै गएको छ ।
रंगेलीबाट मोरङको सदरमुकाम विराटनगर सरेको खुसियालीमा एक बर्ष सम्म सत्तबासिकोत्सव मनाउने भन्दै तत्कालिन राष्ट्रपति डा. रामवरण यादवको हातबाट उदघाटन त गरियो । तर निकै तामझामका साथ उदघाटन गरिएको सतवार्षिकोत्सव उदघाटन मै सिमित रहयो ।
सतवार्षिकोत्सवको उपलक्षमा उपमहानगरले विभिन्न विकासे योजनाको आश्वासन बाडेपनि कुनै योजना कार्यनयन भएनन । उपमहानगरपालिकाले महत्वकाक्षी भन्दै सतबार्षिकोत्सवको अवसरमा श्रदा आश्रम निर्माण गर्ने, मिनी जु बनाउने सतबार्षिकोत्सव स्तम्भ बनाउने लगायतका योजना अघि सारेको थियो । तर नगरवासी सामु उपमहानगरपालिकाको विकासे योजना हात्ती आयो हात्ती आयो फुस्स भने जस्तै भयो । सतबार्षिकोत्सवकै उपलक्षमा दाताहरुको लगानीमा विराटनगरमा श्रदा आश्रमको सिलन्यास गरिएपनि निर्माणले गति लिन सकेको छैन ।
त्यस्तै उपहानगरपालिकाले विराटनगरका सडकहरु सोलरबत्ती जडान गरेर उज्यालो पार्ने भन्दै चार बर्ष अघि देखी आश्वासन बाडयो । तर विडम्बना अझै सम्म सोलार जडान हुन सकेको छैन । तर अझै उपमहानगरपालिकाका सोलर जडान गर्छाै भन्न थाकेको छैन ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी सोलार जडान गर्न सम्झौता गरेको कम्पनी भागेपछि योजना असफल भएको बताउछन् ।
त्यस्तै विराटनगर उपमहानगरपालिकाले फोहोरलाई व्यवस्थित गर्न भन्दै ल्याण्डफिल्ड साइट निर्माण गर्ने अभियान चलाएको थियो तर ल्याण्डफिल्ड साइड निर्माण गर्ने योजना पुरा हुन सकेन ।
मोरङ्गको डंग्राहा गाविस ५ मा ल्याण्डफिल्ड साइड निर्माण गरिने भनेपनि स्थानीयको विरोध पछि योजना अघि बढन सकेन । ल्याण्डफिल्ड साइड बनाउने चर्चा चलेको चार बर्षपछि पुन सोही क्षेत्रमा बनाउने भन्दै उपमहानगरपालिकाले कसरत सुरु गरेको छ । कार्यकारी अधिकृत पहिले स्थानीयले विरोध गरेपनि अहिले स्थानीयहरु सकारात्मक भएको बताउछन् । उनले स्थानीयस“ग संसदलाई राखेर छलफल गरिएको बताए ।
त्यस्तै विराटनगरका गुद्री ए र वि प्लटमा कम्पलेक्स बनाउने भन्दै योजना ल्याएपनि अघि बढन सकेको छैन् । सुविधा सम्पन्न कम्पलेक्स तत्कालै बनाउने भनेपनि अझै योजना अघि बढन सकेको छैन् ।
त्यस्तै बर्षाै पुरानो विराटनगर बसपार्क सुविधा सम्पन्न बनाउने भन्दै चार बर्ष अघि योजना ल्याइएको थियो । तर त्यो योजनापनि कार्यनयन हुन नसकी फर्केर गयो ।
पहिलेको योजना फर्केर गएपनि अहिलेको बषपार्क बनाउने योजना फर्केर नजाने कार्यकारी अधिकृत रेग्मीको भनाई छ । ‘हामीले सवै काम पुरा गरेर फाइल जर्मन विकास बैकमा पठाएका छौ ।’ उनले भने ‘ उत्ताबाट ओके भएपछि यहा काम अघि बढाउछौ ।’
विराटनगर उपमहानगरपालिकाले चालेका अधिकासं योजना असफल भएपनि नया योजनापनि थपिने क्रम जारी छ । पाच बर्ष भित्र ५० हजार विरुवा रोप्ने योजना ल्याइएको कार्यकारी प्रमुख रेग्मीले बताए । उनले ९ फिट चौडा भएको सडकहरुमा विरुवा रोपिने जानकारी दिए ।
त्यस्तै एसियाली विकास बैकको दुई अर्व ३९ करोड ऋण सहयोगमा सञ्चालित मझौला सहर एकिकृत सहरी वातावरणीय सुधार परियोजना पनि सुस्त गतिमा सञ्चालित छ । परियोजना अन्तरगत सञ्चालनमा रहेका ढल, सडक र नाला निर्माणको कार्य प्रभावकारी रुपमा अघि बढन सकेको छैन । भूकम्पले गर्दा बैसाख देखी रोकिएको काम त्यसपछिको बर्खा र मधेश आन्दोलनको कारण देखाउदै रोकिएको थियो । केही दिनयता सञ्चालित योजनाको काम विभिन्न कारण देखाउदै कछुवाको गतिमा सञ्चालित छ ।
डिसेम्बर २०१३ बाट सुरु भएको परियोजनाको ठेक्का सिटीसीइ र कालिका कन्ड्रक्सनले संयुक्त रुपमा लिएका थिए । सुरु देखी नै सुस्तगतिमा काम गरेका ठेकेदारले निर्धारित मितिमा काम सक्ने कुनै छाटकाट छैन् । मे २०१६ मा काम सक्नु पर्ने भएपनि ५० प्रतिशत कामपनि हुन सकेको छैन ।
विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत रेग्मी सडक फराकिलो पार्ने महत्वकाक्षी योजना सञ्चालनमा रहेको बताउछन् । उपमहानगरपालिकले नगरक्षेत्र भित्र मापदण्ड अनुसारका सडकहरु फराकिलो बनाउने योजना अघि बढेको बताउछन् । उपमहानगरपालिकाले मेनरोड र आसपासमा मापदण्ड अनुसार सडक फराकिलो बनाएपनि व्यवस्थित हुन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्