एमाले मोरङले विवाद अन्त्य गर्न बनायो समिति

एमाले मोरङले विवाद अन्त्य गर्न बनायो समिति

विराटनगर÷ एमाले मोरङले भात्रि संगठनहरुमा देखिएको विवाद अन्त्य गर्ने समिति गठन गरेको छ । भात्रि संगठनहरुमा केही समय यता विवाद देखिएको भन्दै एमालले विवाद सामधान गर्न समिति गठन गरेको हो ।
दशौ पूर्ण बैठककले भात्रि संगटनको विवाद सुल्झाउन समिति गठन गरेको हो । बुद्धिजिवी परिषदमा देखिएको विवाद टुङग्याउन प्रर्चा विभाग प्रमुख रुपेश खतिवडाको संयोजकत्वमा समिति गठन गरेको हो । खतिवडाको संयोजकत्तमा गठनगरिएको समितिमा जगत थापा, यज्ञ शर्मा, टिकाराम पुरी, उद्धव पोखरेल छन् । पुरी र पोखरेल दुवैले बुद्धिजिवी को अध्यक्ष आफु भएको दावि गर्दै आएका छन् ।
त्यस्तै विद्यार्थी संगठन अनेरास्वयूमा देखिएको विवाद सामधानकालागि खतिवडाको नेत्रित्वमा समिति गठन गरिएको छ । समितिको सदस्यमा पारुल क्षेत्री, सागर थापा, ओसिम आलम र भास्कल खनाल छन् । विद्यार्थी संगठनमा पनि नेपाल र ओली पक्षले छुट्टा छुट्टै जिल्ला समिति गठन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्