हिमालय दर्शन कलेजमा अभिमुखिकरण

हिमालय दर्शन कलेजमा अभिमुखिकरण

विराटनगर÷ विराटनगर–१४ मा रहेको हिमालय दर्शन कलेजले कलेज र क्यारियर विषयमा बुधबार एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ ।
स्लासप्लस प्रालि ललितपूरको समन्वयमा कलेजमा अध्ययनरत विएससी सिएसआइटी पहिलो र तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई आइटी समन्धी एक दिने अभिमुखि करण आयोजना गरिएको हो ।
विद्यार्थीहरुलाई आइटी समन्धी ज्ञान दिनका निम्ती अभिमुखिकरण गरिएको क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए । कार्यक्रममा कलेजमा अध्ययनरत ४५ जना विद्यार्थी सहभागि थिए । सो क्रममा स्लासप्लस प्रालि ललितपूरका प्रवन्ध निर्देशक क्षितिज कार्की र इटहरी साखाका जि सफ्ट निर्देशक बसन्त घिमिरेले प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्