“विपीको सिद्धान्त भुलेकाले पार्टी संकटमा” – सिटौला

“विपीको सिद्धान्त भुलेकाले पार्टी संकटमा” – सिटौला

बिराटनगर पुस २४ ,

नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले विपी कोइरालाको सिद्धान्त भुलेकाले पार्टी संकटमा परेको बताएका छन् । उनले कांग्रेस प्रतिपक्षमा बस्नु गलत भएको समेत बताए । पर्वतमा आयोजित अमृत जोशी स्मृति प्रतिष्ठान नेपालको आठौं स्मृति दिवस एवम् सम्मान कार्यक्रममा सिटौलाले भने, ‘संविधानसभाबाट नेपाली जनताले ७० बर्षभन्दा लामो संघर्ष र ७ बर्षभन्दा लामो कार्य्दिशा तथा राजनीतिक छलफलबाट पाएको संविधान कार्यान्वयन गर्ने बेलामा कांग्रेस प्रतिपक्षमा बस्नु हुँदैनथ्यो । मैले पार्टीलाई बारम्बार भनें तर पार्टीको शीर्ष नेताका कारण आज आफैंले हस्ताक्षर गरेर बनाएको संविधान कार्यान्वयन गर्नमा हामी कमजोर सावित भएका छौं ।’अब नेपाली कांग्रेस प्रतिपक्षमा बस्नुभन्दा पनि सहमति र सहकार्यबाट संविधान कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए । विश्वकै नमूना संविधान जारी गरे पनि कार्यान्वयन गर्ने बेलामा नेतृत्वले घुँडा टेकेकाले कांग्रेस आलोचित भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्