विराटनगर बसपार्कबाट एक युवा कटुवा पेस्तोलसहित पक्राउ

विराटनगर बसपार्कबाट एक युवा कटुवा पेस्तोलसहित पक्राउ

बिराटनगर पुस २४

विराटनगर बसपार्कबाट एक युवा कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । हिजो साँझ बसपार्कबाट विराटनगर ११ वर्ष १८ को विकाश यादव पक्राउ परेको मोरंग प्रहरीले जनाएको छ । यादवले आफ्नो शरिरको कम्बरमा लुकाई छिपाई ल्याई रहेको अवस्थामा अञ्चल प्रहरी कार्यालय कोशी धरान र मोरङ्ग प्रहरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीलाई शंका लागेर चेकजाँच गर्दा यादवको साथबाट बन्दुक बरामद गरेको थियो । पेस्तोलमा लाग्ने गोली राउण्ड थान २ समेत फेला परेको मोरंग प्रहरीका प्रवक्ता डिएसपी प्रमोदकुमार खरेलले जानकारी दिनुभयो । यादवलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान भई रहेको खरेलले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्