सहकारीलाइ अनावश्यक कर लगाएकाे व्यवसायीकाे अाराेप

<span class='c1'>सहकारीलाइ अनावश्यक कर</span> <span class='c2'>लगाएकाे व्यवसायीकाे अाराेप</span>

राज्यले सहकारीलाइ अनावश्यकरुपमा बढि कर असुल्ने गरेका कारण सहकारीहरु धरासायी बन्दै गएको सहकारीकर्मीहरुले गुनासो गरेका छन् ।
विराटनगरमा आज आयोजित जिल्ला सहकारी संघ मोरङको २३ वार्षिक साधारण सभामा सहभागि सहकारीकर्मीहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा बोल्दै उनिहरुले राज्यको अर्थतन्त्रमा महत्वपुर्ण योगदान पु¥याउँदै आएको सहकारीलाइ राज्यले कर मुक्त बनाउनुपर्ने माग गरे । कार्यक्रममा बोल्द राष्ट्रिय सहकारी संघका अध्यक्ष तथा सांसद केशव बडालले पटक पटकको अथक प्रयासका बिच सहकारीको कर सम्बन्धी कार्यदल बनाउन सफल भएको जनकारी दिनुभयो । राष्ट्र बैङ्कका गर्भनर अर्थ मन्त्रालयले अर्थ सचिव लगायतको सहभागितामा बनेको सो कार्यदलले १८ महिना काम गरेर सरकारलाइ प्रतिवेदन बुझाइसकेको उहाले जानकारी दिनुभयो ।
साधारण सभामा बोल्दै संघका अध्यक्ष डिल्लि पोखरेलले आर्थिक वर्ष २०७२÷७३ को लागि प्रतावित आय व्यव विवरण प्रस्तुत गर्नुभयो । कार्यक्रममा मोरङ जिल्लाको पहिलो सहकारी संस्था आदर्श बहुमुखि सहकारी संस्थाका संचालक पर्शुराम दाहाल लगायत सहकारी क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाइ सम्मान गरिएको थियो । कार्यक्रमका बिच जिल्ला सहकारी संघ लिमिटेड मोरङको सहकारी स्मारिका २०७२÷७३ को समेत बिमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्