बिराटनगर बसपार्कमा प्रहरी कुटिएपछी …..

<span class='c1'>बिराटनगर बसपार्कमा प्रहरी</span> <span class='c2'>कुटिएपछी …..</span>

विराटनगर पुस २६

बिराटनगर बसपार्क क्षेत्रमा हुने अवैध गतिविधि र सम्भावित अपराध रोक्न सादा पोसाकमा खटिने घुमुवा प्रहरी शनिबार विराटनगर बसपार्कमा कुटिएका छन् । एकजना अपरिचित व्यक्तिसँगको वादविवाद मिलाउने क्रममा लामो कपाल पालेका ती युवकले निलो ज्याकेट लगाएका घुमुवा प्रहरीलाई हात लगाए ।  युवक र एकजना वृद्धबीचको विवाद मिलाउने प्रयास गर्दा ती वृद्धले पनि नचिनेरै प्रहरीलाई हातपात गरे । त्यसपछि आक्रोसित बनेका प्रहरीले युवकलाई लछार पछार गर्दै कुटपिट गर्न थाले । युवकले पछि ती व्यक्ति प्रहरी भएको थाहा पाएपछि भागेका थिए  ।  वृद्धको आँखीभुईं छेउबाट चोट लागेको थियो । मादक पदार्थ सेवन गरेका ती व्यक्ति बसपार्क क्षेत्रमा घुमिरहने मानिस भएको स्थानीयले बताए । घुमुवा प्रहरीले केहीक्षणमै प्रहरीको गाडीलाई खबर गरेपछि प्रहरीको भेन आइपुग्यो । वृद्ध भने कान समाएर उठबस गर्दै माफी दिन आग्रह गरिरहेका थिए । घटनामा संलग्नको विषयमा जानकारी लिन प्रहरीले वृद्धलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्