सद्भावना पार्टीको आज विराटनगरमा प्रार्थनासभा

<span class='c1'>सद्भावना पार्टीको आज</span> <span class='c2'>विराटनगरमा प्रार्थनासभा</span>

बिराटनगर पुस २६

सघीय लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीले आज विराटनगरमा प्रार्थनासभाको आयोजना गरेको छ । शहीदको स्मरण गर्दै विराटनगर रानी नाकामा भएको धर्ना कार्यक्रममा प्रहरी हस्तक्षेपबाट पार्टी अध्यक्ष राजेन्द्र महतो, नेता दिलीप धाडेवालगायतमाथि भएको कुटपिटबाट घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रार्थनासभाको आयोजना गरिएको सद्भावना पार्टीका मोरङ अध्यक्ष चन्द्रप्रसाद राजवंशीले बताउनुभएको छ । विराटनगरको काली मन्दिरमा मध्यान्ह १२ बजेदेखि भएको प्रार्थनासभामा पार्टीका नेता तथा पूर्वमन्त्री बद्रीप्रसाद मण्डल, नेता दीलिप धाडेवा अध्यक्ष चन्द्रप्रसाद राजवंशीलगायत पार्टीका कार्यकर्ताहरुको सहभागिता रहेको थियो । स्थानीय काली मन्दिरबाट सुरु भएको प्रार्थनासभा, महावीर मन्दिर, पञ्चमुखी हनुमान मन्दिर, अञ्जुमन इस्लामिया मस्जिद तथा रामजानकी मन्दिरमा पुगेर प्रार्थना गर्दै १ बजे टुंगिएको थियो । जिल्लाका विभिन्न क्षेत्रमा आज पार्टीले प्रार्थनासभा आयोजना गर्नुका साथै भोलि सोमबार ११ बजेदेखि काली मन्दिरमा मौन व्रत बस्ने अध्यक्ष चन्द्रप्रसाद राजवंशीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्