बिराटनगर पुस २७ ।
बिराटनगर उपमहानगरपालिकाले कलर जोनको अवधारणा लागू गर्ने भएको छ । सोमबारदेखि सुरु हने नगर परिषदबाट यश अवधारणालाई लागू गरिने छ । उधोग संगठनको अगुवाइमा आईतवार भएको छलफलमा डा. सनत बरालको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाई बिज्ञहरु संग सुझाव लिएर पाँच दिन भित्र दिने भएको छ । बिराटनगर उपमहानगरपालिकाले अनुमोदन गरेको रङ प्रयोग गरे उपमहानगरपालिकाले नगरवासीलाई घर कर वा अन्य करमा छुट दिने भएको छ । उक्त नियम लागू गरिए बिराटनगरको छुट्टै परिचय बन्ने नगरपालिकाले जनाएको छ ।