बिराटनगर पुस २७ ,
भारतबाट इन्धन अहिले कै मात्रामा आए अबको एक हप्तामा मोरङमा इन्धन सहज हुने निमित्त प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा हिजो गरिएको इन्धन व्यवस्थापन सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा इन्धन सहज हुने अधिकारीले बताउनु भयो । प्रत्येक पेट्रोल पम्पमा ३० प्रतिशत थप इन्धन दिएर अबस्था सहज बनाईने अधिकारीले जानकारी दिनुभयो ।