बिराटनगर पुस २७ ,
उद्योग सङ्गठन मोरंग महिला समितिको आयोजनामा यहि माघ ८ र ९ गते बिराटनगरमा कोसेली महोत्सव हुने भएको छ । उक्त महोत्सवमा बिभिन्न घरेलु सामानहरु राखिने उद्योग सङ्गठन मोरंग महिला समिति कि रिमा श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम घरेलु उद्योग र महिलाहरुलाई प्रोत्साहन गर्न आयोजना गर्न लागिएको श्रेष्ठले बताउनुभयो । साथै वहाले अहिले मेलाको लागि स्टल बुकिंग पनि खुल्ला रहेको पनि जानकारी दिनुभयो । उद्योग संगठन मोरंगमा उक्त मेला आयोजना गरिने छ ।