भूकम्प पिडितको राहत सामग्री बिराटनगर मै सड्यो

<span class='c1'>भूकम्प पिडितको राहत सामग्री</span> <span class='c2'>बिराटनगर मै सड्यो</span>

हरि अधिकारी
विराटनगर पुस २७ 

गत बैसाख १२ गते गएको विनाशकारी भूकम्पबाट प्रभावित बनेकाहरु राहत सामाग्री नपाएरका कारण अझै कष्कटर जीवन विताउन बाध्य छन् । तर तिनै पिडितको नाममा संकलन गरिएको राहत सामाग्री समयमा नै वितरण नहुदा सडन थालेका छन् ।
एकतातिर राहत सामाग्री नपाएर भूकम्प पिडितहरु कष्टकर जीवन विताउन बाध्यछन् । भने अर्काे तर्फ तिनै पिडितकालागि दाताले दिएको राहत सामाग्री राखेकै ठाउमा सडन थालेका छन् । विनाशकारी भूकम्प प्रभावितहरुका नाममा संकलन गरिएको राहत सामाग्री वितरण नहुदा सडन थालेको हुन ।
जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत संकलन भएको ठुलो परिमाणको राहत सामाग्री भूकम्प पिडितको हातमा नपुगी राखेकै ठाउमा सडन थालेको हो । विभिन्न दाताहरुले पिडितकालागि भन्दै जिल्ला प्रशासनलाई दिएको चामल, चाउचाउ, भुजा, चिउरा गहुको पिठोलगायतका खाद्यन्न सामाग्री सडन थालेका हुन ।
संकलन गरिएका राहत सामाग्री मध्ये चिउरा र भुजा प्रयोग गर्न नमिल्ने अवस्थामा छन् भने गहुको गहुँको पिठोमा चिलेसा र घुन लागेका छन ।

अव्यवस्थित तरिकाले त्रिपालमा छोपेर राखिएको खाद्यान्न कुहिएर नष्ट हुन थालेको हो । सर्वसाधरणले आफनो छाक काटेर भूकम्प पिडितकालागि वितरण गर्न जिल्ला दैवी प्रकोप उद्दार समिति मार्फत राहत सामाग्री संकलन भएको थियो । तर भूकम्प गएको ८ महिना पुगि सक्दापनि प्रभावितको हातमा नपुगी राखेकै स्थानमा कुहिन थालेको हो ।

दाताहरु मार्फत संकलन भएको राहत सामाग्री जिल्ला प्रशासन कार्यलयको समिक्षाहलमा छ । गत बैसाख र जेठमा संकलन भएको राहत सामाग्री समयमा नै प्रभावित क्षेत्रमा नपठाउदा सडन थालेका हुन् । पिडितकालागि संकलन गरिएको ठूलो परिमाणको राहत सामाग्री प्रभावित क्षेत्रमा नपटाएका कारण सडन थालेको हो ।
राहत सामाग्री सडन थालेपछि मात्र प्रशासनले बाडने तयारी गरेको छ । जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठकले गत बैसाखमा गएको भूकम्प प्रभावितलाई पठाउन संकलन भएको राहत सामाग्री बाडने तयारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।
भूकम्प प्रभावितलाई नपठाई राखिएका मध्ये नसडेका राहत सामाग्री अनाथाश्रम र बृद्ध आश्रममा वितरण गरिने छ । अधिकारीले सडेका खाद्यन्य नष्टगरी प्रयोग गर्न मिल्ने खाद्यन्य अनाथालय र वृद्ध आश्रमहरुलाई वितरण गर्ने तयारी भएको बताएका हुन् । संकलन भएका बेला प्रभावित जिल्लाहरुले नपठाउनु भनेका कारण सहयोग सामाग्री प्रशासनमै राखेको उनले बताए । भण्डारण गर्ने गोदाम नभएका कारण संकलन गरिएका केही सामाग्री सडेको उनले बताए । उनले भने ‘ सडेका सामाग्री नष्ट गर्छाै । प्रयोग गर्न मिल्ने वितरण गर्छाै ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्