बिराटनगरमा ५१ पिन्ट रक्तदान

<span class='c1'>बिराटनगरमा ५१</span> <span class='c2'>पिन्ट रक्तदान</span>

बिराटनगर पौष २७ बिराटनगर मोरङ लायन्स /लियो क्लब द्वारा लायन्स को "वर्ल्ड वाइड सर्भिस विक " अन्तर्गत साता ब्यापी कार्यक्रम को घोषणा गरे बमोजिम दोश्रो दिन को कार्यक्रम रक्तदान कार्यक्रम कोशी हेल्थ क्याम्पस बिराटनगर मा सम्पन्न भएको छ । उक्त कार्यक्रम मा लायन्स मोरङ का सस्थापक अध्यक्ष लायन बिकाश अधिकारी ,बिभिन्न फ्याकल्टी का बिध्यार्थी लियो लायन्स क्यापस प्रशासनका कर्मचारी गरि ५१ जना ले रक्तदान गरेका थिए। लायन्स मोरङका अध्यक्ष लायन मिलन पौडेलले लायन्सको नियमित कार्यक्रम अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको र यसले रगत अभाव कम गर्न सघाउ पुर्याउने बिश्वास ब्यक्त गर्नु भयो ।त्यस्तै लियो क्लब अध्यक्ष लियो नयन झाले बढी मात्रामा युवा जमात रक्तदान गर्न योग्य भएको हुदा रगत सचेतना कार्यक्रम का साथ साथै रक्तदान कार्यक्रम लाइ आफ्नो क्लब को स्थायी कार्यक्रमका रुपमा बिकाश गरिएको जानकारी दिनु भयो । उक्त रक्तदानमा पहिलो पटक रक्तदान गर्ने युवाहरू को उल्लेख्य सहभागिता रहेको र जनचेतनाको अभावमा रक्तदान कम हुनेगरेको कारण यसमा लियोले ध्यान दिदै अघि बढ्ने कुरा लियो मोरङका सस्थापक अध्यक्ष लियो सुभाष भण्डारीले बताउनु भयो ।। पहिलो पटक रक्तदान गर्ने सहभागीहरु ले आफुहरु लाइ सहि काउन्सिलिङ को अभाव मा रक्तदान नगरेको र अब भने नियमित रुपमा रक्तदान गरि जिवन जोगाउने अभियान मा साथ दिने उदघोष गरे ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्