मधेश आन्दोलनमा २०६२\६३ भन्दा पनि धेरै मानव अधिकारका हनन्

<span class='c1'>मधेश आन्दोलनमा २०६२\६३ भन्दा पनि</span> <span class='c2'>धेरै मानव अधिकारका हनन्</span>

 प्रेम देवान विराटनगर २७ पुष । पछिल्लो समय मधेशमा भएको आन्दोलनमा राज्य र आन्दोलनकारी दुवै पक्षबाट मानव अधिकार हनन् भएको आज विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । महिला शान्ति अनुसन्धान तथा विकास केन्द्र विराटनगरले आयोजना गरेको मानव अधिकार संरक्षणमा सरोकारवालाहरुको भुमिका विषयक कार्यशाला गोष्ठिमा सहभागी वक्ताहरुले सो कुरा बताएका हुन् । तराईमा भएको करीब पांच महिनाको लामो तराई आन्दोलनमा अधिकांस मानव अधिकारका हनन् राज्य पक्षबाट भएको सहभागीले बताएका छन् । २०६२, ६३ मा पनि यति धेरै मानव अधिकारका हनन् नभएको मानव अधिकार आयोग क्षेत्रिय कार्यलय विराटनगरका प्रमुख कोष राज न्यौपानेले बताउनुभयो । साथै उहाले कार्यक्रममा मानव अधिकारको वर्तमान अवस्थाको बारेमा बोल्दै अहिले सम्म २०७२ पौष ६ गते सम्म ४८ जनाको सुरक्षाकर्मीबाट बल प्रयोग भई मुत्यु भएको बताउनुभयो । साथै घाईते ७२९ जना भएका मध्ये वृद्धी हुने क्रम पनि बढ्ने अनुमान गरीएको छ । साथै सो कार्यक्रममा कानुन व्यावसयी सुरेन्द्र महतोले शान्ति पुर्ण आन्दोलनका अधिकारहरुमा बलको प्रयोग र चुनौतीको विषयमा कार्य कानुनी व्यावस्था २०२८को बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा मानव अधिकार कर्मी शुशिल प्याकुरेल, बार एसोसिएसन मोरङ्गका विनयराज पाण्डे, अधिवक्ता चुणमणि आर्चय लगायत राजनितीक दलका प्रतिनिधी, विभिन्न मानवअधिकारमा आवद्ध संघ सस्थाका व्यातीहरुले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्