बिराटनगरबाट मारुती भ्यानमा लागुऔषध कोरेक्स बरामद

<span class='c1'>बिराटनगरबाट मारुती भ्यानमा</span> <span class='c2'>लागुऔषध कोरेक्स बरामद</span>

सवारी चेकजाँचकाक्रममा सोमबार मोरङको बिराटनगरमा मारुती भ्यानबाट लागुऔषध कोरेक्स बरामद भए पछि प्रहरीले लागुऔषधसहित भ्यानमा सवार तिन जनालाई पक्राउ गरेको छ।

बिराटनगर ४ स्थित राजवंशी चौकमा सांझ ५ बजे को. १ ज २०१८ नम्बरको मारुती भ्यानभित्र ८ बोतल लागुऔषध कोरक्स बरामद भएपछि भ्यान चालक सुनसरी धरान नगरपालिका १८ बस्ने २८ वर्षिय सुदिप श्रेष्ठ तथा भ्यानमा सवार सोही नगरपालिका ५ ४४ वर्षिय सुरज लिम्बु र धरान ७ बस्ने ३५ वर्षिय कृष्ण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको सो भ्यानलाई राजवंशी चौकमा रोकेर चेक गर्दा भ्यानभित्र लुकाई लैजादै गरेको अवस्थामा लागुऔषध फेला परेको थियो।

पक्राउ परेका तिनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान शुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्