शैलजा आचार्यको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना

<span class='c1'>शैलजा आचार्यको स्मृतिमा</span> <span class='c2'>पत्रकारिता पुरस्कार स्थापना</span>

विराटनगर पुस २९ ,

नेपाली कांग्रेसकी नेतृ एवं नेपालकी प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना भएको छ ।  नेपाल प्रेस युनियन मोरङले हरेक वर्ष वितरण गर्ने गरी मोरङ कांग्रेसका सभापति एवं सांसद अमृत अर्यालले पुरस्कारको स्थापना गर्नुभएको हो । पुरस्कारको संरक्षकमा अर्याल रहेका छन् । प्रेस युनियन मोरङले गठन गरेको छनौट समितिले पुरस्कृत पत्रकारहरुको नामसमेत टुंगो लगाएको छ ।

पूर्वाञ्चल संयोजक लीलावल्लभ घिमिरे, केन्द्रीय सदस्य अवधेशकुमार झा, युनियनका मोरङ सल्लाहकार अनन्तराज न्यौपाने, विक्रम निरौला र मोरङ अध्यक्ष मीनकुमार नवोदित रहेको छनौट समितिको मंगलबार बसेको बैठकले पत्रकार शेखर रेग्मी, शंकर लुइँटेल र सुशीला पाठकलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । रेग्मी युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष हुन् भने लुइँटेल संस्थापक हुन् । रेग्मी र लुइँटेललाई २०–२० हजार नगदसहित ‘शैलेजा आचार्य स्मृति पत्रकारिता पुरस्कार’ र पाठकलाई १५ हजार रुपैयाँ राशि ‘शैलेजा आचार्य स्मृति नारी पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ । नगदका साथ सम्मानपत्रसमेत रहेको युनियनले जनाएको छ । मोरङलाई कार्यक्षेत्र बनाएर सक्रिय पत्रकारिता गर्ने पत्रकारहरुलाई हरेक वर्ष प्रदान गर्ने गरी ‘शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरिएको अध्यक्ष नवोदितले जानकारी दिए । अध्यक्ष नवोदितका अनुसार विशेष समारोह गरेर माघको दोस्रो हप्ता पुरस्कार प्रदान गर्ने तयारी भइरहेको छ ।  प्रेस युनियन मोरङले यसअघि कांग्रेस नेतृ सुजाता कोइराला संरक्षक रहेको ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ समेत स्थापना गरेको छ । उक्त पुरस्कार कोइरालाको स्मृति दिवसमा हरेक वर्ष चैतमा प्रदान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्