विराटनगर – २२ रानी बुधनगर तारेगामा सडक कालोपत्रे हुने

<span class='c1'>विराटनगर – २२ रानी बुधनगर</span> <span class='c2'>तारेगामा सडक कालोपत्रे हुने</span>

बिराटनगर पुस २९ ,

विराटनगर–२२ स्थित रानी– बुधनगर तारेगामा सडक कालोपत्रे हुने भएको छ । विराटनगरको मिल्स एरियादेखि मझारे–९ स्थित तारेगामासम्मको साढे चार किलोमिटर सडकमा कालोपत्रे हुन लागेको हो ।  एक कार्यक्रमकाबीच नेपाली कांग्रेसका सांसद अमृत अर्यालले सो सडकको शिलान्यास गर्नुभयो । डिभिजन सडक कार्यालय विराटनगरले ४ करोड १२ लाख ७८ हजार रुपैयाँको लागतमा २०७४ साल असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी काम गरिने जनाएको छ ।

सात मिटर चौडाई रहेको सडकको दायाँवाँया ड्रेन समेत निमार्ण गर्ने कार्यक्रममा जानकारी दिइएको थियो । नेपाली काँग्रेसकी नेतृ शैलजा आचार्यले २०५२ सालमा उद्घाटन गर्नुभएको उक्त सडकमा अहिले ग्रयावेल गरिएको छ ।

आरके जेभि कन्ट्रक्सनले सडकको निमार्ण गर्ने जिम्मा पाएको छ ।  सडक शिलान्यास गर्नुहुदै सांसद अर्यालले, चुनावको वेलामा जनतासँग गरेको प्रतिवद्धतालाई पुरागर्न विकास निर्माण कार्यलाई तिव्रता दिएको बताउनुभयो ।

उहाँले विकास निर्माणमा अवरोध नर्गन समेत आग्रह गर्नुभयो । सडक डिभिजन कार्यालय विराटनगरमा प्रमुख रामचन्द्र राउतले, सडक निमार्ण कार्यमा सहयोग पुर्याउन स्थानिय वासिन्दासंग आग्रह गर्नुभयो । कार्यक्रममा डिभिजन सडक कार्यालयका इन्जिनियर नन्दकुमार गुप्ताले सडक निर्माणको लागतको वारेमा जानकारी गराउनुभएको थियो । दक्षिणी गाउ विकास समितिलाई जोडने उक्त सडक कालेपत्र भएपछि विराटनगर उप–महानगरपालिकासहित सो भेगका आधा दर्जन गाउ विकास समितिका वासिन्दालाई फाइदा पुग्ने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्