बिराटनगर पुस २९
माघे संक्रान्ति नजिकिएसंगै बिराटनगर बजारमा तरुलको बिक्री वितरण बढेको छ । माघे संक्रान्तिका लागि तरुल, सखरखण्ड लगायतका कन्दमुल किन्ने ग्राहकहरु बढेका छन् ।
बिराटनगर बजारमा विभिन्न जिल्लाबाट तरुल निर्यात हुने गर्दछ । बिराटनगर मा लाग्ने हाट बजार लगायत गुद्री बजार मा दैनिक रुपमा तरुल लगायतका लागि सर्वसाधरणको घुइचो हुने गर्दछ । माघे संक्रान्तिका दिन विशेष गरी तरुल, घिउ, चाकु लगायतका परिकार खाने खाने प्रचलन छ । बजारमा यसको मुल्य ५० रुपैयाँदेखि करिब २०० रुपैयाँसम्म पर्ने गर्छ ।