जोगबनीस्थित भारतीय भन्सार भारत प्रवेश गर्ने नेपाली सवारीसाधनसँग रकम उठाउदै

<span class='c1'>जोगबनीस्थित भारतीय भन्सार भारत प्रवेश</span> <span class='c2'>गर्ने नेपाली सवारीसाधनसँग रकम उठाउदै</span>

बिराटनगर पुस २९

जोगबनीस्थित भारतीय भन्सारले चौबीस घन्टाका लागि भन्दै भारत प्रवेश गर्ने नेपाली सवारीसाधनसँग रकम उठाउन थालेको छ । नयाँ नियमअनुसार भारतीय भन्सारमा नेपाली सवारीसधानलाई प्रतिमोटरसाइलक ३० रुपैयाँ, सिटीरिक्सा ७० रुपैयाँ, साना चारपांग्रे साधन ८० रुपैयाँ र बसलाई १ सय ५० रुपैयाँ शुल्क लिन थालिएको छ । औद्योगिक कच्चा पदार्थ, विभिन्न तयारी बस्तु र व्यापारिक सामान बोकेर भारत प्रवेश गर्ने ढुवानीका साधनबाहेक नेपाली नम्बर प्लेटका सवारीसधानलाई जोगबनी भन्सार कार्यालयले एक दिनको मान्यता पाउने गरी अस्थायी पासको व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्