यौन कार्यमा फसाउन खोज्नेलाई प्रहरीले उन्मुक्ति दिएको आरोप

<span class='c1'>यौन कार्यमा फसाउन खोज्नेलाई</span> <span class='c2'>प्रहरीले उन्मुक्ति दिएको आरोप</span>

बिराटनगर पुस २९

विराटनगर ११ मा बस्दै आएकी मन्जु मुखियाले आफूलाइ भारतीय बजारमा लगेर यौन कार्यमा फसाउन खोज्ने मिना यादवलाई प्रहरीले उन्मुक्ति दिएको आरोप लगाउनुभएको छ । विराटनगरमा पत्रकार सम्मेलन गरी पीडितले विराटनगर–१३ मा बसोवास गर्दै आएकी मीना यादवले विराटनगर क्षेत्रबाट विवाहित तथा अविवाहित महिलाहरुलाई प्रलोभनमा पारेर भारतका विभिन्न शहरहरुमा यौन कार्यका लागि पठाउने धन्दा चलाउँदै आएको आरोप लगाउनुभएको छ । ‘दुई घण्टाका लागि साथी जाउँ’ भन्दै भारतको कुर्शाहाकट्टा पुर्याएर जवरजस्ती यौन कार्यमा संलग्न गराउन खोज्दा आफुले प्रतिरोध गरेर उम्किएको र विराटनगर आएर प्रहरीमा उजुरी गर्दा पनि अभियुक्त माथि कुनै कारवाही नभएको उहाँले गुनासो गर्नुभयो । पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपनि प्रहरीले उपचार खर्चवापत ३५ हजार दिने सहमति गराएर पीडकलाई उन्मुक्ती दिएका आरोप लगाउनुभयो । १४ महिनाअघि भारतीय बजारमा पुर्याएपछि प्रतिरोध गर्दा उनीहरुले आफुलाई अर्कै यौन बजारमा बेच्ने योजना बनाएर टेम्पोमा लगेको तर बाटोमा टेम्पो दुर्घटना भएपछि आफु बेचिनबाट जोगिएको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्