बिराटनगरबाट चार हजार लिटर तस्करी गरेर ल्याइएको डिजेल नियन्त्रणमा

<span class='c1'>बिराटनगरबाट चार हजार लिटर तस्करी</span> <span class='c2'>गरेर ल्याइएको डिजेल नियन्त्रणमा</span>

बिराटनगर पुस २९

विराटनगर उपमहानगरपालिका २२ स्थित मटेरुवा सीमा नाकाबाट तस्करी गरेर ल्याइएको अवस्थामा चार हजार लिटर डिजेलसहित प्रहरीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । भारतबाट तस्करी गरी ल्याइँदै गरेको अवस्थामा गएराति गस्तीको प्रहरी टोलीले डिजल नियन्त्रणमा लिएको हो । को १ त ३०५८ र ९९१८ नम्बरको ट्याक्टरमा राखेर २४ वटा जर्किनमा डिजेल ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टरका चालकलाई समेत नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ । भारतीय नाकाबन्दीका कारण सीमास्थित भन्सार नाकाबाट सहज रुपमा इन्धन नआइरहेका बेला तस्करी गरी इन्धन ल्याउने क्रम बढेको छ । तस्करी गरी ल्याइएका इन्धन दोब्बर, तेब्बर मूल्यमा किनबेच हुने गरेको छ । यसरी तस्करी गरी ल्याइएका इन्धन राजधानीलगायत देशका मुख्य सहरहरुमा र्पुयाउने गरिएको छ ।
ऋजबत ऋयलखभचकबतष्यल भ्लम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्