नेरुडेको नवौं वार्षिक साधारण सभा सम्पन्न 

<span class='c1'>नेरुडेको नवौं वार्षिक</span> <span class='c2'>साधारण सभा सम्पन्न </span>

बिराटनगर पुस ३०

नेरुडे लघुवित्त विकास बैंक लि.को नवौं वार्षिक साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष डा. भेष प्रसाद धमलाज्यूको अध्यक्षतामा विराटनगरको उधोग संगठन मोरङ्गको हलमा सम्पन्न भयो । उक्त सभामा संचालक समितिको तर्फवाट अध्यक्ष डा. भेष प्रसाद धमलाज्यूले आर्थिक वर्ष २०७१/७२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुदै बैंकको वित्तीय स्थितीको वारेमा विस्तृत विवरण समेत प्रस्तुत गर्नु भएको थियो । बैंकले शेयरधनीलाई ४६.३२ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बुधवार सम्पन्न नवौं वार्षिक साधारण सभाले लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

सो लाभांश मध्ये ४४ प्रतिशत बोनश शेयर र २.३२ प्रतिशत बोनश शेयरमा लाग्ने कर हुने छ । बैंकले गत आ.ब. २०७१/०७२ मा रु.१२ करोड ५२ लाख ५ हजार ६ सय बयानब्बे र पैसा ४४ खुद मूनाफा गरेको छ । नेपालभर कार्यक्षेत्र रहेको बैकको ०७२ मंसिर मसान्तसम्ममा १९ जिल्लाका ४९ कार्यालय मार्फत ८० हजार ९ सय १५ महिला सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।बैकको रु. १ अर्ब ६७ करोड ८३ लाख ६ हजार ३ सय ३४ लगानीमा रहीरहेको रकम रहेको छ भने सदस्यको बचत ६८ करोड ५७ लाख ११ हजार १ सय ३ रहेको छ । बैंकको अधिकृत पुँजी २० करोड रहेको छ । साधारण सभाले बैंकको जारी तथा चुक्ता पुँजी १८ करोड कायम गर्ने निर्णय समेत उल्लेख छ । सभामा बैकका कार्यकारी निर्देशक मणिकुमार अर्यालले संस्थागत सुसासनलाई अझ मजबुद बनाई ग्राहकहरुलाई अझ सरल तथा सुलभ रुपमा सेवा पु¥याउने जानकारी दिनु भएको थियो । सभाले संस्थापक शेयरधनीको तर्फबाट डा. भेषप्रसाद धमला, सुरेन्द्रराज भट्टराई र शिलु कार्कीलाई ४ बर्षको लागी संचालकमा नियूक्त गरेको जानकारी बैकका कर्मचारी कृष्ण बहादुर खड्काले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्