चाँडै स्थानीय निकायको निर्वाचन हुने दावी

<span class='c1'>चाँडै स्थानीय निकायको</span> <span class='c2'>निर्वाचन हुने दावी</span>

बिनु तिम्सिना

बिराटनगर माघ १

उप–प्रधान, परराष्ट्र एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले चाँडै स्थानीय निकायको निर्वाचन हुने दावी गर्नु भएको छ ।

विराटनगरमा पार्टीको अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय निकायलाई जनप्रतिनिधि विहीन हुनबाट जोगाउन निर्वाचन जरुरी रहेको बताउनु भएको हो । उहाँले अहिले देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि समेत स्थानीय जनप्रतिनिधिको अभाव खट्कीएको बताउँदै समाजमा शान्ति स्थापनाका लागि निर्वाचन गराउने तयारीमा सरकार लागेको समेत धारणा राख्नुभयो ।

वर्तमान सरकारले आन्दोलनबाट अति प्रभावित जिल्लाका सर्वसाधारणलाई लक्षित गरी चाँडै कार्यक्रमहरु ल्याउन लागेको समेत उहाँले खुलासा गर्नुभयो । सरकारले १६ करोड रुपिँया बजेट बिनियोजन गरी आन्दोलनबाट प्रताडित जनतालाई राहत दिने बताउँदै उहाँले यसले मधेशमा देखिएको असहज अवस्था सहज बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले मधेशको स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधारदेखि दैनिक असहज बनेको जीवनलाई सम्बोधन गर्ने तयारीमा लागेको उहाँको भनाई थियो । आफ्नो पार्टीले पुरानो एजेण्डा नछाडेको दावी गर्दै उहाले नेपालाई कुनै दिन हिन्दु राष्ट्रको रुपमा पुनः चिनाउने आफ्नो प्रतिवद्धता कायमै रहेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्