“नेपालमा ठूलो भुकम्प आउँछ भन्नेमा कुनै सत्यता छैन”

<span class='c1'>“नेपालमा ठूलो भुकम्प आउँछ</span> <span class='c2'>भन्नेमा कुनै सत्यता छैन”</span>

माघ ३, काठमाण्डौं ।

नेपालमा ठूलो भुकम्प आउँछ भन्नेमा कुनै सत्यता नभएको वैज्ञानिकको दावी छ । नेपाली बैज्ञानिक, खानी तथा भुगर्भ विभागका उपमहानिर्देशक सोमनाथ सापकोटाले काठमाडौ मुनी शक्ति बांकि रहेपनि तत्काल ठुलो भुकम्प जानसक्ने संभावना अत्यन्तै न्यून रहेको बताएका छन् ।

केही दिन अघि हिन्दी बिबिसीले नेपालमा वैशाख १२ गतेको जस्तै अर्को विनाशकारी भुकम्प जान सक्ने भन्ने समाचार प्रसारण गरेसँगै नेपालमा फेरी भुकम्पको त्रासउब्जिएको भन्दै सापकोटाले त्यसमा कुनै वैज्ञानिक सत्यता नभएको स्पष्ट पारे ।

राजधानीमा आज एक रेडीयासँगको अन्र्तवार्ताका क्रममा सापकोटाले बेलायती बैज्ञानिकले गत बैसाख १२ गतेको भुकम्पका कारण सम्पुर्ण शक्ति निस्किन नसकेको भन्दै काठमाडौ आसपासमा अर्को ठुलो भुकम्प जान सक्ने अनुमान सार्वजनिक गरे पनि काठमाडौ मुनी शक्ति बांकि रहेको तत्काल ठुलो भुकम्प जानसक्ने संभावना भने कम रहेको बताए ।

इतिहासमा यस्ता घटना भएको उदाहरण दिदै उहाँले बेलायती बैज्ञानिकको अनुसन्धानले एउटा मात्र पाटोलाइ उजागर गरे पनि त्यसमा आंशिक सत्यता भएको उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्