अबको २ बर्ष भित्रमा विराटनगरका ४६ हजार घर एकै रङका हुने

<span class='c1'>अबको २ बर्ष भित्रमा विराटनगरका ४६</span> <span class='c2'>हजार घर एकै रङका हुने</span>

सुमन सुस्केरा

विराटनगर, माघ ३ -

बिराटनगर उपमहानगरपालिकाले अबको २ बर्ष भित्रमा नगर क्षेत्र भित्रका सबै घरलाई एकै रङको बनाउने भएको छ ।

बिराटनगर उपमहानगरपालिकाले नगरपालिकालाई कलर जोनको विकास गर्ने योजना अघि बढाएसँगै बिराटनगरका ४६ हजार घर एकै रङका हुन लागेका छन् ।

घरहरु एकै रङको बनाउँदा कुन रङको छनौट गर्ने भन्ने बारेमा गठित कलर जोन छनौट समितिले पहिलो चरणमा १६ वटा रङ छनौट गरेको छ ।

बिराटनगरमा बसेको समितिको छलफलबाट १६ वटा रङ छनौट गरिएको र नागरिकको चहना अनुसार ४ वटा रङ छनौट गरेर अनलाइनको माध्यमबाट आएका भोटिङको आधारमा एउटा रङ छनौट गरिनेछ । विराटनगर कलरजोन समितिका संयोजक डा. सनत बरालले कलर छनौटको काम भई रहेको जानकारी दिनुभयो ।

छनौट गरिएका रङहरुमा सिम्रिक, गुलाबी, खरानीलगायतका छन् । छनौटमा परेर समितिबाट छानिएका ४ वटा कलरलाई फेसवुक तथा बेवसाइटबाट बढी मत ल्याउने रङ नै बिराटनगरको लागि उत्कृष्ट रङ हुने बिराटनगर उपमहानगर पालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीको भनाई छ ।

उहाँले २ बर्षे यो कार्यक्रममा सबै नगरवासीको सहभागिता रहने जानकारी दिनुहुँदै रङ खरिदका लागि नगरकाबासिन्दाको लागत रकमको झण्डै ३० प्रतिशत खर्च नगरपालिकाले ब्यहोर्ने छ ।

छनौट समितिमा प्राध्यापक सनत बराल, उद्योग संगठन मोरङका सुवेस प्याकुरेल, मोरङ ब्यापार संघका प्रकाश मुण्दडा, बिराटनगर उपमहानगरपालिकाका पुनम दाहाल र टोल नगर समन्वय समितिका राजेश मास्के रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्