बिराटनगर माघ ३ ,
सडकमा आफ्नो आफ्नो काममा हिडिरहेका बटुवालाई आज बिराटनगर - १५ महेन्द्र चोकमा युवाहरुको सस्था युथ फर ब्लडले रगत र रक्तदान समन्धी सचेतना तथा रक्तदता नमावली संकलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा युथ फर ब्लडका युवाहरुले मानिसहरुलाई रगत र रक्तदान बारे जनचेतना दिने काम गरेका थिए । कार्यक्रममा कारीब १५० रक्तदता नामावली समेत संकलन गरिएको युथ फर ब्लड सुबास भण्डारीले जानकारी दिए । यस्ता कार्यक्रम बिराटनगरका अन्य ठाउँमा पनि गरिने भण्डारीले बताए ।