प्यालेस्टिनी कविलाई मृत्युदण्डको विरोधमा काठमाडौंमा कविता

<span class='c1'>प्यालेस्टिनी कविलाई मृत्युदण्डको</span> <span class='c2'>विरोधमा काठमाडौंमा कविता</span>

काठमान्डौ माघ ५ ,

साउदी अरब सरकारबाट कविता लेखेकै कारण मृत्युदण्डको सँजाय सुनाईएका कवि असरफ फयादको सँजाय फिर्ता गराउन माग गर्दै काठमाण्डौमा सडक कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । बसन्तपूर मण्डलीमा भएको उक्त कार्यक्रममा कविहरुले असरफका अनुदित कविताहरु साथै उनको नाममा लेखिएका कविताहरु वाचन गरिएका थिए । "कविता सिर्जना हो अपराध हैन¸ कविलाई मार्दैमा कविता मर्दैन" स्लोगन लेखिएको व्यानर नजिकै उभिएर बुकाल्कोलिक्सकि सगुना शाहले असरफलाई सुनाईएको सँजाय सम्पुर्ण मानवजाती माथिको अन्याय हो र यसको विरोध गर्नुपर्छ भन्दै उपस्थित कविहरुलाई स्वागत गरेकि थिईन् । कार्यक्रममा सहभागी कविहरुको कवितामा व्यवस्था विरुद्धको असन्तुष्टी सहेर वस्न नहुने भन्ने आवाज पाउन सकिन्थ्यो ।  
बुकाहोलिक्स र डाइनामिक युथ नेटवर्क एम्नेस्टि इन्टरनेसनल नेपालले आयोजना गरेको कविता वाचनमा कविहरु विमल निभा, युग पाठक, हरिमाया भेटवाल, सुमन लम्साल लगायतले कविता वाचन गरेका थिए । असरफलाई मुक्त गर भन्ने ब्यानगर पनि कार्यक्रस्थलमा लेखिएको थियो । कार्यक्रम संचालन कविहरु सुरज सुवेदी र करुणा सिवाकोटीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्