बिराटनगर, माघ ५
पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीमा "बढदो सवारी चाप तथा दुर्घटना न्युनिकरण" सम्बन्धि अनुशिक्षण तालिमको समुद्घाटन भएको छ।
उक्त तालिमको एक समारोहका विच केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले समुद्घाटन गर्नु भएको हो।
प्रहरी प्रधान कार्यालय सवारी महाशाखाको तत्वाधानमा संचालन भएको तिन दिने उक्त तालिममा १ प्रहरी सहायक निरीक्षक, १७ प्रहरी हवल्दार तथा १२ प्रहरी जवानसहित ३० जनाको सहभागीता रहेको छ।