मोरङमा आउदैछ ३ सय बिकास योजना !!

<span class='c1'>मोरङमा आउदैछ ३ सय</span> <span class='c2'>बिकास योजना !!</span>

बिराटनगर माघ ६

मोरङमा निर्वाचन क्षेत्र पूर्वाधार विकास तथा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत साढे १८ करोड लागतमा ३ सयवटा विकास निर्माणका योजना सञ्चालनमा आउने भएका छन् ।   प्रत्यक्ष तथा समानुपातिक रुपमा चुनिएका सांसदलाई उपलब्ध गराइएको रकमबाट  योजना छनौट भएका हुन् ।  योजना सञ्चालनका लागि सांसदहरुले आ–आफ्नो क्षेत्रमा गएर योजना छनोट गरिसकेको जिल्ला विकास समिति मोरङले जनाएको छ ।

छनोट भएका योजनाको काम यसै वर्ष सम्पन्न गर्नुपर्ने भएकाले जिविसले रकम निकासाका लागि प्रक्रिया सुरु गरिसकेको योजना अधिकृत डमरुप्रसाद बरालले जानकारी दिनुभयो  ।   सरकारले निर्वाचन क्षेत्र विकासका लागि प्रत्यक्ष निर्वाचित एकजना सांसदलाई डेढ करोड रुपैयाँ तथा समानुपातिकबाट चुनिएका एकजना सभासदलाइ २० लाख रुपैयाँ उपलब्ध गराएको छ । सो रकमबाट प्रत्यक्ष निर्वाचित सांसदले आफ्नो क्षेत्रमा १५ वटा र समानुपातिक सांसदले १२ वटा योजना छनोट गर्न पाउने प्रावधान रहेको जिविसले जनाएको छ । सांसदहरुले आ–आफ्नो क्षेत्रमा सडक, खानेपानी, खोला तटबन्ध, पुलपुलेसा निर्माण तथा विद्युत विस्तार, विद्यालयको भवन तथा मठमन्दिर निर्माणलगायतका भौतिक पूर्वाधार जस्ता योजना छनौट गरेको जनाइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्