रंगेली बजार क्षेत्रमा तनाव

रंगेली बजार क्षेत्रमा तनाव

बिराटनगर माघ ६

मोरङ जिल्लाको पुरानो सदरमुकाम रंगेली बजार क्षेत्रमा तनावको सुरु भएको छ ।
बिहीबार युवासंघ नेपालले प्रधानमन्त्री केपी ओलीलाई बजार क्षेत्रमा सम्मान गर्ने कार्यक्रम गर्ने भएपछि त्यसको विरोधमा मोर्चा कार्यकर्ताले बजार बन्द गराएका हुन् । मोर्चाले कुनैपनि हालतमा युवासंघको कार्यक्रम बजारमा गर्न नदिने बताएको छ ।

केही सातादेखि मार्चाले खुकुलो गरेको बन्दहड्तालको कार्यक्रमलाई उक्त बजार क्षेत्रमा मात्रै सिमित गरि आज बिहानदेखि पसलहरु बन्द गराएर मोटरसाइकल समेत चल्न दिएका छैनन् । उनीहरुले बजारका ठाउँठाउँमा टायर समेत बालेका छन् ।

यस्तै अहिले केही समयपछि युवासंघका कार्यकर्ताले बजार क्षेत्रमा मञ्च बनाउन जाने भएपछि मोर्चा कार्यकर्ता तथा युवासंघका कार्यकर्ताबीच भिडन्त हुने आशंकामा उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्