मोरङ्ग जिल्लाको बिराटनगर २१ स्थित जोगबनी नाकाबाट मंगलबार लागुऔषध ईन्जेक्सनसहित दुई युवक पक्राउ परेका छन्।
सिमा सुरक्षा कार्यालय मोरङका सशस्त्र प्रहरीले रामेछाप जिल्ला बिजुलीकोट २ बस्ने १७ वर्षिय राजु महत र ललितपुर जावलाखेल बस्ने २७ वर्षिय अजय परियारलाई लागुऔषधसहित मंगलबार दिउँसो बिराटनगर २१ स्थित हुलास मेटल चौकबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा बुझाएका हुन्।
उनीहरुको साथबाट ३४\३४ एम्पुल डाइजेल्याब, लुपिजेसिक र फेनारगन बरामद भएको थियो।
दुबै जनालाई इलाका प्रहरी कार्यालय रानीबाट लागुऔषध मुद्दा चलाईने छ।