बिराटनगर १९ स्थित मलाया रोडमा मंगलबार राती भ्यान दुर्घटना

बिराटनगर १९ स्थित मलाया रोडमा मंगलबार राती भ्यान दुर्घटना

मोरङ, माघ ६ गते।

मोरङ जिल्लाको बिराटनगर १९ स्थित मलाया रोडमा मंगलबार राती भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

सडक किनारमा रोकी राखेको HR-45-A-1871 नम्बरको भारती ट्रकको पछाडी जोगबनीबाट बिराटनगरतर्फ जादै गरेको को. १ च २७६१ नम्बरको मारुती भ्यान ठोक्किएर दुर्घटना हुँदा भ्यानमा सवार पाँच जना घाइते भएका हुन्।

घाइतेहरुमा मोरङ बिराटनगरका ३२ वर्षिय भ्यान चालक बिनोद राय तथा भ्यानमा सवार बिराटनगर २ का ३५ वर्षिय बिनोद कुमार शर्मा, सोही स्थान बस्ने ३२ वर्षिय रुवा शर्मा, सुनसरी ईनरुवा नगरपालिका २ बस्ने ४५ वर्षिय राजेश शर्मा र ४३ वर्षिय गुलाब शर्मा छन्।

घाइतेहरुलाई उपचारकालागि गोल्डेन अस्पताल बिराटनगर लगिएको छ भने ट्रक तथा चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्